कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समिति धनगढी कैलालीको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र कार्यालयको सहकार्यमा मंगलबार धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

कृषि विकास बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंक लिमिटेड रातोपुल धनगढी शाखा कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समिति धनगढीका अध्यक्ष चक्र बहादुर कुञ्जेडाले बताए ।

Attariya Hospital

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिले वार्षिकोत्सव कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष कुञ्जेडा जानकारी दिए ।

nawajiwan

रक्तदान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका रक्तदान सदभावना दुत एवं सर्वाधित रक्तदाता दीपक प्रसाद उपाध्यायको उपस्थिति रहेको थियो । कृषि विकास बैंक कर्मचारी संघ नेपालले कृषि विकास बैंक लिमिटेडको वार्षिकोत्सवको अवसरमा देशैभर हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।