कैलाली–५ का लागि आनन्द चन्दको व्यापक एजेन्डा: स्वास्थ्यदेखि रोजगारीसम्म रूपान्तरणको प्रतिबद्धता

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी का कैलाली–५ प्रतिनिधिसभा सदस्य उम्मेदवार आनन्द बहादुर चन्द ले क्षेत्रको समग्र विकासलाई लक्षित गर्दै स्वास्थ्य, शिक्षा, खेल, पर्यटन, पूर्वाधार र रोजगारीलाई प्राथमिकतामा राखेको विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका छन्।

CP Hospital Dhangadhi

उनले संघीय संसदमा तथ्यमा आधारित नीति, कार्यक्रम र बजेट निर्माणमा जोड दिँदै स्रोत–साधनको न्यायोचित वितरण र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने बताएका छन्। कैलाली–५ लाई सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित सेती प्रादेशिक अस्पताल र दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एकीकृत गर्दै विशिष्टीकृत उपचार सेवा विस्तार गर्ने योजना अघि सारिएको छ। मुटु, मिर्गौला, क्यान्सर उपचार सुदृढीकरण, डिजिटल स्वास्थ्य प्रणाली, टेलिमेडिसिन र एम्बुलेन्स नेटवर्क विस्तारसमेत प्राथमिकतामा छन्।

Attariya Hospital

सिकलसेल–थालासेमिया स्क्रिनिङ, स्वास्थ्य बीमा पहुँच विस्तार र मातृ–शिशु स्वास्थ्य सुदृढीकरणसँगै ‘स्वस्थ धनगढी’ अभियान सञ्चालन गरिने उल्लेख छ। शिक्षा क्षेत्रमा एआई, रोबोटिक्स, डिजिटल प्रविधि, कृषि र स्वास्थ्य विज्ञानमा नयाँ कार्यक्रम, स्नातकोत्तर तथा पीएचडी तह विस्तार, डिजिटल कक्षा र छात्रवृत्ति बढाउने योजना छ।

nawajiwan

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, पर्यटन पूर्वाधार विकास, थारू संस्कृति प्रवद्र्धन, विमानस्थल स्तरोन्नति र सडक–पुल विस्तारमार्फत आर्थिक गतिविधि तीव्र बनाउने प्रतिबद्धता जनाइएको छ। स्थानीय उद्योग र उद्यमशीलता प्रवर्द्धनमार्फत युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उनले बताएका छन्।