काठमाडौँमा पैदलयात्रीमाथि कुटपिट गर्ने चालक बैतडीको बम रहेको खुलासा, चालक पक्राउ

Image
Nisarga Hospital

काठमाडौँको चप्पल कारखाना नजिक पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने कारचालकलाई प्रहरीले पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक प्रविण धितालका अनुसार सामाजिक सञ्जालमा भाइरल भएको भिडियोका आधारमा बैतडीको पुर्चौडी नगरपालिका–१ स्थायी ठेगाना बताउने पारस बमलाई नियन्त्रणमा लिइएको हो।

Attariya Hospital

बा ३ च ११०३ नम्बरको कारबाट ओर्लेर बमले बीच सडकमा हिँडिरहेका वृद्धमाथि मुक्का र झापड प्रहार गरेका थिए। घटनाका क्रममा उनीसँगै रहेकी उनकी बहिनीले पनि ती वृद्धलाई गालीगलौज गरेको भिडियोमा देखिन्छ।

nawajiwan

एसएसपी धितालले ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए। प्रहरीले घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।