एमालेका जिल्ला सल्लाहकार सदस्य धामीसहित केही नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

Image
Nisarga Hospital

अत्तरियाः नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य वीरेन्द्र धामीसहित केही नेता कार्यकर्ता एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार चुरे गाउँपालिका-६, गजारमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा धामीसहित कमलेशसिंह महराले पार्टी प्रवेश गरेका हुन् ।

CP Hospital Dhangadhi

उनीहरुलाई नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट “आनन्द” ले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

Attariya Hospital

नेकपा एमालेमा रहँदा आफूहरु सधै अपहेलित भएको र नेताहरुले चुनावमा मात्र प्रयोग गर्ने गरेकाले एमाले त्यागेर कांग्रेसको समाजवाद नीति अवलम्बन गरेको उनीहरुले बताए ।

nawajiwan