एनसेल, फुडमान्डुले ल्यायो खानाका परिकारमा रु. १५० को छुट अफर

Image
Nisarga Hospital

काठमाडौंः दूरसञ्चार सेवा प्रदायक एनसेलले फुडमान्डुसँग सहकार्य गर्दै ग्राहकका लागि आकर्षक छुट अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत एनसेलका ग्राहकहरूले फुडमान्डुबाट खाना अर्डर गर्दा रु. १५० सम्मको छुट प्राप्त गर्नेछन्।

CP Hospital Dhangadhi

फागुन ५ देखि लागू भएको योजनाअनुसार, रु. ९९ वा सोभन्दा बढी मूल्यका अफरमा समावेश एनसेलका डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकले रु. १५० छुटको कुपन पाउनेछन्। प्राप्त कुपन फुडमान्डुमा रु. १,००० वा सोभन्दा बढीको अर्डर गर्दा प्रयोग गर्न सकिनेछ। ग्राहकहरूले यी प्याकहरू एनसेल एप वा नजिकैको आधिकारिक पसलमार्फत खरिद गर्न सक्छन्।

प्याक खरिदपछि छुट कुपन एसएमएसमार्फत प्राप्त हुनेछ। एउटाभन्दा बढी प्याक खरिद गरेमा सोहीअनुसार धेरै कुपन प्राप्त गर्न सकिने व्यवस्था छ। कुपन जारी भएको मितिदेखि २८ दिनसम्म मान्य रहनेछ र अन्य व्यक्तिलाई हस्तान्तरण गर्न नमिल्ने जनाइएको छ। तर, रिन्यूवल प्याक, सापटी प्याक र गिफ्ट प्याकमा भने यो अफर लागू नहुने स्पष्ट पारिएको छ।

nawajiwan
Attariya Hospital

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्तले कनेक्टिभिटीभन्दा बाहिर गएर ग्राहकको जीवनशैलीमा मूल्य थप्ने उद्देश्यले यो सहकार्य गरिएको बताए। उनका अनुसार दूरसञ्चार सेवासँगै दैनिक जीवनका आवश्यक सेवामा बचतको अवसर दिनु यस योजनाको मुख्य उद्देश्य हो।

हाल फुडमान्डुले काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवलमा सेवा दिँदै आएको छ। यस सहकार्यले डिजिटल सेवा र खानपान संस्कृतिलाई जोड्दै ग्राहकलाई थप लाभ प्रदान गर्ने विश्वास गरिएको छ।