रास्वपा सभापति रवि लामिछानेद्वारा स्थायी सरकारको माग, जनतासँग इतिहास बदल्ने करार

Image
Nisarga Hospital

धनगढीमा आयोजित कार्यक्रममा रवि लामिछाने ले आफूहरूले ५ वर्षको स्थायी सरकारको माग गर्दै जनतासँग ऐतिहासिक करार गरेको बताएका छन्। उनले भने, “वाचा जसले गरेको हो, पूरा नगर्ने हो भने सजाय त्यसैले पाउने हो, जनताले पाउने होइन।”

CP Hospital Dhangadhi

कार्यक्रममा उनले भारतमा काम गर्ने सुदूरपश्चिमका श्रमिकहरूको अवस्था सम्झाउँदै परदेशमा काम गर्नु सहज नभएको बताए। लामिछानेले विगतमा नेताले जित्ने र जनताले हार्ने प्रचलन रहेको भन्दै यसपटक जनताले नै जित्ने अवसर पाउने दाबी गरे।

उनले आफ्नो राजनीतिक यात्रा इतिहास बदल्ने उद्देश्यसहित भएको बताउँदै मत नबाँड्न अनुरोध पनि गरेका छन्। सिंहदरबार बनाउनेभन्दा पनि संरचनात्मक परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै केही व्यक्तिहरू भ्रम फैलाउन खोजेको र आफूहरू डोजर चलाएर पुरानो प्रणाली तोड्न आएको बताए।

nawajiwan
Attariya Hospital

लामिछानेले ३५ वर्षदेखि नबनेको सपनाको पुनर्निर्माणका लागि आफूहरू सक्रिय भएको र अब बनाउने काम पूरा गर्ने दाबी गरेका छन्। उनले आफूहरूका प्रयासले सुदूरपश्चिममा वास्तविक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

समारोहमा सहभागीहरूले लामिछानेको संदेशलाई सकारात्मक रूपमा लिँदै आगामी निर्वाचनमा जनताको समर्थन सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।