ब्रेड बेस्ड एकेडेमीको वार्षिकोत्सवमा पत्रकार अनिल पन्त सम्मानित

Image
Nisarga Hospital

धनगढी: शिक्षा र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई मजबुत बनाउने सन्देशसहित कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–६, मटियारीस्थित ब्रेड बेस्ड एकेडेमीले पत्रकार अनिल पन्तलाई सम्मान गरेको छ। विद्यालयले आयोजना गरेको ११औँ वार्षिक उत्सव समारोहको अवसरमा पन्तलाई विशेष सम्मान प्रदान गरिएको हो।

CP Hospital Dhangadhi

टिभी टुडे टेलिभिजनका निर्देशकसमेत रहेका पन्तलाई विद्यालय परिवारले सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेको हो। समाज रूपान्तरणमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै, पत्रकारितामार्फत निरन्तर सत्य र जनहितका विषय उठाउँदै आएको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको विद्यालयले जनाएको छ।

nawajiwan
Attariya Hospital

संस्थापक प्रिन्सिपल रमेश बिकका अनुसार, शिक्षा केवल किताबी सीमामा सीमित नरहेर व्यवहारिक सीपसँग जोडिनुपर्छ भन्ने मान्यतासहित एकेडेमीले आफ्नो शैक्षिक यात्रालाई अघि बढाइरहेको छ।

उत्सव समारोहमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत, नाटक तथा प्रेरणादायी प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। साथै, विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा अभिभावक, शिक्षक, समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले आगामी दिनमा अझ आधुनिक, सीपमूलक र गुणस्तरीय शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।