
कैलालीको चुरे गाउँपालिका–४ गर्भाका धनबहादुर बोगटीले नेकपा एमाले परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। गर्भा दरबारमा आयोजित चुनावी सभामा उनले औपचारिक रूपमा पार्टी परिवर्तन गरेका हुन्।

२५ वर्षदेखि एमालेमा सक्रिय बोगटीले पछिल्ला गतिविधि समाज र नागरिकको हितविपरीत गएको भन्दै नयाँ राजनीतिक यात्राको सुरुआत गरेको बताए। उनले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्न र कांग्रेसलाई थप सशक्त बनाउन आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा गोरखबहादुर बिष्ट ले टीका तथा खादा लगाएर बोगटीलाई पार्टीमा स्वागत गरेका थिए। स्थानीय राजनीतिक वृत्तमा बोगटीको प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यस घटनाले चुरे क्षेत्रको राजनीतिक समीकरणमा नयाँ चर्चा सुरु भएको छ।































