गोदावरीमा प्रजातन्त्र दिवसको भव्य उत्सव: विद्यार्थीहरूमा नेतृत्व र सामाजिक चेतना प्रवद्र्धन

Image
Nisarga Hospital

गोदावरी नगरपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयहरूले ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ भव्य रूपमा मनाएका छन्। वडा नं. १० का चार विद्यालयले संयुक्त रूपमा हाजिरी जवाफ प्रतियोगिता र खमौरा स्वास्थ्य क्लिनिक परिसर सरसफाइ कार्यक्रम सञ्चालन गरे। प्रतियोगितामा उत्कृष्ट विद्यालयहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ।

CP Hospital Dhangadhi

कार्यक्रमको प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु) उपस्थित हुनुहुन्थ्यो। उहाँले विद्यालय विकासमा भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै पक्षलाई एकजुट भएर काम गर्न र विद्यालयलाई राजनीतिक प्रभावबाट टाढा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

nawajiwan

विद्यालयकी प्रधानाध्यापक अमृता मल्लले अतिथिहरू र सहभागीहरूलाई स्वागत मन्तव्य व्यक्त गर्नुभयो। यसै अवसरमा श्री जानकी विद्यालयले कक्षा ६–१० का विद्यार्थीबीच व्यक्तित्व कला प्रतियोगिता आयोजना गरी सार्वजनिक चोक सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

Attariya Hospital

प्रजातन्त्र दिवसका अवसरमा सञ्चालन भएका यी शैक्षिक र सामाजिक गतिविधिहरूले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

यी कार्यक्रमहरूले प्रजातन्त्रको महत्व र नागरिक जिम्मेवारीप्रति विद्यार्थीहरूलाई सचेत बनाउँदै सामुदायिक विकासमा सक्रिय सहभागिता जनाउन प्रेरणा दिएका छन्।