अत्तरिया सामुदायिक पुस्तकालयद्वारा प्रजातन्त्र दिवसमा नगर स्तरीय वक्तृत्व प्रतियोगिता

Image
Nisarga Hospital

कैलालीको अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयले ७६औँ प्रजातन्त्र दिवसको अवसरमा नगर स्तरीय वक्तृत्व कला प्रतियोगिता आयोजना गरेको छ। कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू सहभागी भएको प्रतियोगितामा २२ विद्यालयका २२ जना छात्रछात्राले भाग लिएका थिए।

CP Hospital Dhangadhi

प्रतियोगितामा मोहना मण्टेश्वरीकी छात्रा कर्मशिखा जोशीले प्रथम स्थान हासिल गर्दै ३,५०० रुपैयाँ पुरस्कार प्राप्त गरिन्। शैलेश्वरी माध्यमिक विद्यालयकी निशा नेपालीले द्वितीय स्थानमा रही २,५०० रुपैयाँ, खप्तड विद्या निकेतनकी आरती कुँवरले तृतीय स्थानमा १,५०० रुपैयाँ पुरस्कार जितिन्। साथै, सैनिक आवासीय महाविद्यालय तेघरीकी रोजिका जेठाराले सान्त्वना पुरस्कार १,००० रुपैयाँसहित प्राप्त गरिन्।

कार्यक्रममा पुस्तकालयका अध्यक्ष भूपेश जोशी सभाध्यक्ष थिए भने संस्थापक सदस्य तथा कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक डाक्टर रामचन्द्र विनाडी प्रमुख अतिथि रहनुभएको थियो। प्रतियोगिताको प्रायोजन जनकल्याण् इंग्लिस सेकेन्डरी बोडिंग स्कुल, तेघरीले गरेको थियो।