डडेलधुरामा चुनावी खल्लोपन: देउवाको अनुपस्थितिले सिर्जना गरेको शून्यता

Image
Nisarga Hospital

डडेलधुराको चुनावी वातावरण यसपालि शान्त र सुनसान छ। ‘बाजेको खिर पसल’ का साह पवन देउवाले भन्नुभयो, “देउवा नहुँदा चुनाव नै आएको जस्तो लागेन।” २०४८ देखि २०७९ सम्म निरन्तर चुनाव जित्दै आएका शेरबहादुर देउवा को प्रतीक्षा यहाँ अझै गहिरो छ।

CP Hospital Dhangadhi

नेपाली कांग्रेसका कार्यकर्ता मात्र होइन, अन्य पार्टीका शुभचिन्तक र मतदाता पनि देउवाको अनुपस्थितिमा खल्लोपन महसुस गर्दैछन्। कांग्रेस उम्मेदवार नैनसिंह महर ले देउवाको आर्शीवादमा आफ्नो अभियान अगाडि बढाइरहेका छन्। उनले मतदाताको अपेक्षाअनुसार जनसंपर्क र प्रचार–प्रसारमा सक्रियता देखाएका छन्।

Attariya Hospital

यसैबीच, एमालेबाट चक्र स्नेही पहिलो पटक चुनावी मैदानमा होमिएका छन् भने रास्वपा उम्मेदवार ताराप्रसाद जोशी ले देउवाको अनुपस्थिति आफ्नो पक्षमा प्रयोग गर्ने आशा राखेका छन्।

nawajiwan

डडेलधुरामा कुल ९३,४०३ मतदाता रहेका छन् र १३ उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। देउवाको अनुपस्थितिले सिर्जना गरेको खल्लोपन र अन्य दलहरूको सक्रियता यस निर्वाचनलाई अझ रोचक बनाइरहेको छ।