अत्तरियाको गोदावरी आविष्कार केन्द्रलाई स्वतन्त्र उम्मेदवार भट्टको ल्यापटप सहयोग

Image
Nisarga Hospital

अत्तरिया,: अत्तरियास्थित गोदावरी आविष्कार केन्द्रले प्रविधि सुदृढीकरणमा नयाँ साथ पाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवार रहेका छत्र बहादुर भट्टले केन्द्रलाई एक थान ल्यापटप सहयोग गरेका हुन्।

CP Hospital Dhangadhi

ल्यापटप ग्रहण गर्दै केन्द्रका इन्जिनियर किरण भट्टले सहयोगप्रति आभार व्यक्त गरे। उनका अनुसार उक्त सहयोगले विद्यार्थीहरूलाई सिप सिकाइ, नवप्रवर्तन र अनुसन्धानका क्षेत्रमा थप ऊर्जा प्रदान गर्नेछ। “यो हाम्रो लागि उत्साहजनक क्षण हो। यसले सिकाइ र सिर्जनशीलतालाई अझ बलियो बनाउनेछ,” उनले बताए।

Attariya Hospital

उम्मेदवार भट्टले घरदैलो अभियानका क्रममा केन्द्रमा आवश्यक उपकरण अभाव रहेको जानकारी पाएपछि सहयोग गरेको स्पष्ट पारे। आविष्कार केन्द्रले परम्परागत शिक्षाभन्दा फरक ढंगले विद्यार्थीलाई सक्षम बनाउँदै आएको उल्लेख गर्दै उनले भविष्यमा पनि शैक्षिक तथा प्राविधिक क्षेत्रका यस्ता पहलमा साथ दिने प्रतिबद्धता जनाए।

nawajiwan