
कैलालीको धनगढी उपमहानगरपालिका–३ चौराह क्षेत्रबाट भारतबाट अवैध रूपमा भित्र्याइएका किराना सामग्री प्रहरीले बरामद गरेको छ।

शनिबार अस्थायी प्रहरी पोस्ट विशालनगरबाट खटिएको गस्ती टोलीले अन्दाजी २० हजार २५० रुपैयाँ बराबरका विभिन्न सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भन्सार छली गरी ल्याइएका ती सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ। घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

































