कैलाली ४ मा प्रेम सवाल सहितको टिम काँग्रेसमा प्रवेश: दलित अधिकार सशक्त पार्ने प्रतिबद्धता

Image
Nisarga Hospital

अत्तरियाः नेपाल दलित संघ गौरिगंगा नगर समितिद्वारा आयोजित गौरिगंगा नगरपालिका स्तरीय निर्वाचन केन्द्रित अन्तर्क्रिया कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिर बहादुर बलायर र प्रतिनिधिसभा सदस्य उम्मेदवार गोरख बहादुर विष्ट ‘आनन्द’ उपस्थित थिए।

CP Hospital Dhangadhi

कार्यक्रमका क्रममा नेकपा एमालेका पूर्व नगर सचिव प्रेम सवालले एमाले छाडेर नेपाली कांग्रेसमा प्रवेश गरे। प्रमुख अतिथि बलायर र उम्मेदवार विष्टले उनलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए। सवालको प्रवेशसँगै गौरिगंगामा काँग्रेसको संगठन थप सशक्त भएको नेताहरूले बताए।

Attariya Hospital

अन्तर्क्रिया कार्यक्रममा दलित समुदायका अगुवाहरूले शिक्षा, रोजगारी, स्वास्थ्य, भूमिको स्वामित्व, सामाजिक विभेद अन्त्य र राजनीतिक प्रतिनिधित्वका विषयमा धारणा राखे। प्रदेश सभापति बलायरले दलित अधिकार सुनिश्चित गर्नु काँग्रेसको प्राथमिक एजेन्डा भएको उल्लेख गरे। उम्मेदवार विष्टले दलित सशक्तीकरण, सीप विकास, छात्रवृत्ति, स्वरोजगार प्रवर्द्धन र सामाजिक न्यायलाई आफ्नो चुनावी प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

nawajiwan

कार्यक्रममा नगरस्तरीय नेता, कार्यकर्ता, दलित अगुवा र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूले आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिलाई विजयी गराई समावेशी र न्यायपूर्ण समाज निर्माण गर्ने संकल्प व्यक्त गरेका थिए।