कैलालीबाट विश्वकप क्रिकेटको सपना : ‘च्याम्पियन्स–३६’ अभियान औपचारिक रूपमा सुरु

Image
Nisarga Hospital

कैलालीमा सन् २०३६ को टी–२० विश्वकप जित्ने दीर्घकालीन लक्ष्यसहित ‘च्याम्पियन्स–३६, ग्रासरुट टु ग्लोरी’ अभियान औपचारिक रूपमा सुरु गरिएको छ। Go Dreamers ले धनगढीबाट अभियान थाल्दै Aishwarya Vidya Niketan सँग १० वर्षे रणनीतिक सहकार्य घोषणा गरेको हो।

CP Hospital Dhangadhi

विद्यालयका प्राचार्य सञ्जय पन्त र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले सम्झौतापत्रमा हस्ताक्षर गर्दै आधारभूत तहबाटै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने प्रतिबद्धता जनाए। अभियानअन्तर्गत प्राविधिक सीप विकास, खेल रणनीति, फिटनेस, मानसिक सुदृढता, दबाब व्यवस्थापन, अनुशासन, टिमवर्क र नेतृत्व विकासलाई प्राथमिकतामा राखिनेछ। खेलाडीलाई आधुनिक प्रशिक्षण प्रणाली, प्रदर्शन विश्लेषण तथा चरणबद्ध विकास मोडेलमार्फत दीर्घकालीन रूपमा तयार गरिने योजना छ।

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा निर्माण चरणमा रहेको Fapla International Cricket Ground सँगै यो अभियान सुरु हुनु अर्थपूर्ण मानिएको छ। प्रदेशभर खेल विकास कार्यक्रम सञ्चालन गर्दै आएको गो ड्रिमर्स युवा प्रतिभा पहिचान र विकासमा सक्रिय संस्था हो।

कार्यक्रममा विद्यालयका अध्यक्ष तथा पूर्व नगर प्रमुख नृपबहादुर वडले सबै सरोकारवाला निकाय, अभिभावक, प्रशिक्षक र खेलाडीलाई एकजुट भएर अभियान सफल बनाउन आह्वान गरे। आयोजकका अनुसार यस अभियानलाई क्रमशः देशव्यापी रूपमा विस्तार गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धी र विश्वस्तरीय टोलीका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।