
बाजुराका नौ वटै पालिकामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सुरक्षा गस्ती सुरु गरिएको छ। ७७ मतदान स्थलमध्ये ४३ अत्यन्त संवेदनशील स्थलको सुरक्षा विशेष टोलीमार्फत सुनिश्चित गरिएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी नरेशबहादुर शाहीका अनुसार प्रत्येक अतिसंवेदनशील मतदान स्थलमा इन्स्पेक्टरको नेतृत्वमा बीस–बीस सदस्यीय टोली खटाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र आर्मीको संयुक्त टोलीले गाउँ–बस्तीमा समेत गस्ती गर्दै नागरिकलाई सुरक्षा प्रत्याभूति दिइरहेको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार ७७ मतदान स्थलमध्ये ४३ अतिसंवेदनशील, २३ संवेदनशील र ४ सामान्य रहेका छन्। जिल्लामा ८७,८६१ मतदाता रहेका छन्, जसका लागि ७७ स्टल र ११८ मतदान केन्द्र तयार छन्।







































