कैलाली क्षेत्र न. ४ मा लेखराज भट्टको विकासमुखी प्रतिबद्धता

Image
Nisarga Hospital

कैलाली क्षेत्र नम्बर–४ का उम्मेदवार लेखराज भट्टले यस क्षेत्रलाई विकासको नमूना क्षेत्र बनाउन प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। अत्तरिया जेसिसद्वारा आयोजित प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूसँगको प्रत्यक्ष संवाद कार्यक्रममा भट्टले राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र स्वाभिमानको संरक्षणलाई आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन्।

CP Hospital Dhangadhi

भट्टले राष्ट्रको हितलाई केन्द्रमा राखेर सबै राजनीतिक दल, सरोकारवाला निकाय र आम जनतासँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन्। उनी समृद्ध राष्ट्र निर्माणका लागि स्थिरता, सहकार्य र स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताउँछन्।

उम्मेदवार भट्टले सेती लोकमार्ग, महाकाली करिडोर र खुटिया–दिपायल फास्ट ट्र्याक जस्ता राष्ट्रिय गौरवका आयोजना छिटो सम्पन्न गरिने प्रतिवद्धता व्यक्त गरे। साथै, सुख्खा बन्दरगाह निर्माणलाई पूर्णता दिई क्षेत्रको आर्थिक गतिविधि सक्रिय बनाइने उनले बताए।

क्षेत्रीय समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कारयुक्त समाज निर्माण, सडक स्तरोन्नति, भूमिहीन नागरिकलाई भूमि व्यवस्थापन, कृषिमा आधारित उद्योग स्थापना र राजधानी निर्माणमा समेत ध्यान दिने योजना उनले प्रस्तुत गरे।

भट्टले यस सबै पहल मार्फत कैलाली क्षेत्र–४ लाई समृद्ध, व्यवस्थित र अवसरयुक्त क्षेत्रका रूपमा स्थापित गर्ने आफ्नो स्पष्ट योजना रहेको उल्लेख गरेका छन्। कार्यक्रममा अन्य उम्मेदवारहरूले पनि आफ्ना योजना प्रस्तुत गरेका थिए भने सहभागीहरूले प्रत्यक्ष प्रश्नोत्तर मार्फत उम्मेदवारहरूको दृष्टिकोण बुझ्ने अवसर पाएका थिए।