भारतको झारखण्डमा एयर एम्बुलेन्स दुर्घटना, सातै जनाको ज्यान गयो :

Image
Nisarga Hospital

Indiaको झारखण्ड राज्यमा सोमबार साँझ एयर एम्बुलेन्स विमान दुर्घटना हुँदा सातै जनाको मृत्यु भएको छ। राँचीस्थित बिरसा मुण्डा विमानस्थलबाट दिल्लीका लागि उडेको रेडबर्ड एयरवेज प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी–९० (भिटी–एजेभी) चतरा जिल्लामा दुर्घटनाग्रस्त भएको हो।

CP Hospital Dhangadhi

भारतीय सञ्चारमाध्यम Hindustan Timesका अनुसार विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई सहयोगी तथा दुई क्याप्टेन गरी सात जना सवार थिए। बिरामी ४१ वर्षीय सञ्जय कुमार आगलागीमा ६३ प्रतिशत जलेपछि थप उपचारका लागि दिल्ली लैजाँदै गर्दा दुर्घटना भएको हो।

Attariya Hospital

Directorate General of Civil Aviation (डीजीसीए) का अनुसार विमान साँझ ७:११ मा उडेको थियो। मौसम खराबीका कारण मार्ग परिवर्तनको अनुरोध गरिए पनि ७:३४ बजे कोलकाता एटीसीसँग सम्पर्क र रडार सिग्नल एकाएक विच्छेद भएको थियो। त्यसपछि वाराणसी वा लखनउसँग पनि सम्पर्क हुन सकेन।

nawajiwan

प्रारम्भिक रूपमा खराब मौसम सम्भावित कारण मानिए पनि वास्तविक कारण अनुसन्धानपछि मात्रै स्पष्ट हुने अधिकारीहरूले बताएका छन्। सन् २०१८ मा स्थापना भएको रेडबर्ड एयरवेजले चार्टर तथा मेडिकल इभ्याकुएसन सेवा सञ्चालन गर्दै आएको थियो। घटनाबारे विस्तृत छानबिन प्रक्रिया अघि बढाइएको छ।