सुदूरपश्चिममा स्तरिय स्वास्थ्य सेवा सुनिश्चित: मुख्यमन्त्री शाहद्वारा सहिद दशरथ चन्द विश्वविद्यालय संचालनमा जोड

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय छिटो सञ्चालनमा ल्याएर प्रदेशका जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरेका छन्। बुधबार विश्वविद्यालयका पदाधिकारीसँग भएको बैठकमा मुख्यमन्त्री शाहले स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा विश्वविद्यालयको भूमिका महत्वपूण्‍ण भएको बताउँदै सरकार तयारीमा रहेको जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

बैठकमा विश्वविद्यालयको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र शैक्षिक कार्यक्रम विस्तारबारे समेत छलफल भएको थियो। मुख्यमन्त्री शाहले भने, “विश्वविद्यालय जनताको स्वास्थ्य र शिक्षासँग प्रत्यक्ष सम्बन्धित भएकाले यसको सञ्चालनमा कुनै ढिलाइ हुन नहुनेछ। सरकार तर्फबाट आवश्यक सहयोग गर्न हामी तयार छौँ।”

Attariya Hospital

छलफलमा विश्वविद्यालयका उपकुलपति सुनिलकुमार जोशी, रजिस्ट्रार खेमराज जोशी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रमुख सचिव वैकुण्ठ प्रसाद अर्याल लगायतका अन्य पदाधिकारीहरूको पनि उपस्थिती रहेको थियो।

nawajiwan

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य र शिक्षा क्षेत्रमा गुणस्तरीय सेवा प्रवाहको लागि विश्वविद्यालयको सक्रिय सञ्चालनले ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ। आगामी दिनमा यसले प्रदेशका जनतालाई विश्वसनीय स्वास्थ्य सुविधा र उच्चस्तरीय शैक्षिक अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ।