
अत्तरियाः नेपाल विद्यार्थी संघ (नेविसंघ) को कैलाली जिल्ला प्रचार प्रसार विभागको संयोजकमा दिल बहादुर बुढाथोकी मनोनित हुनुभएको छ।

नेविसंघ केन्द्रीय प्रचार प्रसार विभागले संगठनको विधान २०७३ को सातौँ संशोधन २०७९ बमोजिम बुढाथोकीलाई सो जिम्मेवारी प्रदान गरेको हो। केन्द्रीय प्रचार प्रसार विभागका संयोजक एवं केन्द्रीय सदस्य अमृत कार्कीद्वारा हस्ताक्षरित पत्रमार्फत बुढाथोकीलाई उक्त पदमा मनोनयन गरिएको जानकारी दिइएको छ।
मनोनयन पत्रमा बुढाथोकीले संघको नीति, विधान र मर्यादाभित्र रहेर संगठनलाई थप गतिशील र उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ। नवनियुक्त संयोजक बुढाथोकीलाई सफल कार्यकालको शुभकामना समेत दिइएको छ।
बुढाथोकीको मनोनयनसँगै कैलालीमा नेविसंघको प्रचार प्रसार संयन्त्र थप मजबुत हुने अपेक्षा गरिएको छ। उक्त मनोनयनको बोधार्थ नेविसंघ केन्द्रीय कार्यालय, अनामनगरलाई समेत दिइएको छ।






























