Ncell ‘सिग्नेचर प्लान’ झन् आकर्षक, Dami Experienceसँग सहकार्यमा ५०%सम्म छुट

Image
Nisarga Hospital

एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म दामी एक्सपिरियन्ससँग साझेदारी गर्दै ‘सिग्नेचर प्लान’ प्रयोगकर्ताका लागि विशेष अफर सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न सम्झौतापछि यो योजना औपचारिक रूपमा लागू भएको हो। सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले हस्ताक्षर गरेका थिए।

CP Hospital Dhangadhi

यस सहकार्यअन्तर्गत प्रोफेसनल तथा प्रिमियम सिग्नेचर प्लानमा आबद्ध ग्राहकहरूले देशभरका ४०० भन्दा बढी आउटलेटमा ५० प्रतिशतसम्म छुट पाउनेछन्। रेस्टुरेन्ट, स्पा, व्यायामशाला, होटल तथा अन्य मनोरञ्जन सेवामा विशेष अफर उपलब्ध हुने जनाइएको छ। उदाहरणका रूपमा हेयर एन्ड शान्तिमा कपाल काट्दा ५० प्रतिशत, दुसित प्रिन्सेस होटलमा २० प्रतिशत र विभिन्न जिम सेन्टरहरूमा ४० प्रतिशतसम्म छुट पाइनेछ।

nawajiwan

एनसेलका सीईओ माइकल फोले यस साझेदारीले नेतृत्वदायी भूमिकामा रहेका ग्राहकलाई प्रिमियम अनुभव प्रदान गर्ने बताए। उनका अनुसार सिग्नेचर प्लानले गुणस्तरीय, सुरक्षित र विश्वस्तरीय सञ्चार सेवासँगै जीवनशैलीसम्बन्धी अतिरिक्त सुविधा जोडेको छ।

Attariya Hospital

ग्राहकहरूले एनसेल एपभित्र रहेको दामी एक्सपिरियन्समा ट्याप गरी डिजिटल भिआइपी कार्ड सक्रिय गरेर सहज रूपमा छुट उपयोग गर्न सक्नेछन्। एपमै उपलब्ध ब्रान्ड र अफरहरूको विवरण हेर्न सकिने व्यवस्था गरिएको छ।

एनसेल बिजनेसअन्तर्गत उपलब्ध सिग्नेचर प्लान कर्पोरेट अधिकृत तथा व्यवसायी लक्षित योजना हो। यसमा २५० जीबीसम्म उच्चगतिको डेटा, असीमित मासिक कल र एसएमएस तथा विभिन्न देशमा अन्तर्राष्ट्रिय रोमिङ सुविधा समावेश छ। प्रोफेसनल प्लान वार्षिक १७,९९९ रुपैयाँ र प्रिमियम प्लान २१,९९९ रुपैयाँमा उपलब्ध छ। चयनित योजना अनुसार भारत, चीन, अमेरिका, बेलायत, सिंगापुर, कतार, मलेसिया, थाइल्यान्ड र यूएईमा मासिक ६० मिनेट रोमिङ भ्वाइस र १० जीबी डेटा सुविधा पाइनेछ।