जयपृथ्वी नगरपालिकामा कांग्रेस उम्मेदवार स्नेहीलाई भव्य स्वागत, बहुमत मत दिने स्थानीयको प्रतिबद्धता

Image
Nisarga Hospital

रमेश बहादुर सिंह/बझाङ नेपाली कांग्रेस का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रकाश रसाइली स्नेही लाई जयपृथ्वी नगरपालिका वडा नं. १ देखि ५ सम्मका स्थानीयले भव्य स्वागत गरेका छन्। घरदैलो तथा भेटघाट कार्यक्रममा सहभागी हुन पुग्नुभएका उम्मेदवार स्नेहीलाई स्थानीय बासिन्दाले फूलमाला तथा खादा ओढाएर सम्मान व्यक्त गरेका थिए।

CP Hospital Dhangadhi

कार्यक्रमका क्रममा स्थानीय नागरिकहरूले यही फागुन २१गते हुने निर्वाचनमा कांग्रेस उम्मेदवार स्नेहीलाई नगरपालिकाबाट बहुमत मत दिएर विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। विकास, सुशासन र जनताको अपेक्षा पूरा गर्न सक्षम नेतृत्वको रूपमा स्नेहीलाई अघि सारिएको भन्दै स्थानीयले पूर्ण समर्थन जनाएका हुन्।


भेटघाट कार्यक्रममा सहभागी अभिषेक सिंह सहितका युवा नेताहरूले पनि नगरपालिकाको समग्र विकास, रोजगारी सिर्जना तथा आधारभूत पूर्वाधार निर्माणमा कांग्रेसको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए। युवा नेता सिंहले जनताको भरोसालाई सम्मान गर्दै विकासका कामलाई प्राथमिकतामा राखिने बताएका छन्।

nawajiwan
Attariya Hospital


उम्मेदवार स्नेहीले स्थानीयको माया, विश्वास र समर्थनले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका आधारभूत आवश्यकता पूरा गर्दै समृद्ध नगर निर्माणमा आफू निरन्तर लागिरहने बताउनुभयो।


जयपृथ्वी नगरपालिकामा कांग्रेसप्रति जनताको उत्साह र समर्थन उल्लेखनीय रूपमा बढ्दै गएको स्थानीय नेताहरूले बताएका