सैनिक आवासीय महाविद्यालय तेघरीद्वारा सुप समावेशी विद्यालयलाई शैक्षिक सामग्री सहयोग

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–२, तेघरीस्थित सैनिक आवासीय महाविद्यालय तेघरीले सोही वडामा सञ्चालनमा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग हस्तान्तरण गरेको छ।

CP Hospital Dhangadhi

oplus_0
nawajiwan

बिहीबार आयोजित कार्यक्रममा महाविद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिलबहादुर रानाले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिस्नादेवी बोहरा र प्रधानाध्यापक देवी साउँदलाई कापी, कलम, झोला तथा भाँडाकुँडालगायत सामग्री हस्तान्तरण गरे।

oplus_0
Attariya Hospital

प्रमुख सेनानी रानाका अनुसार आवासीय रूपमा अध्ययनरत बालबालिकालाई राहत पुगोस् र विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास होस् भन्ने उद्देश्यले सहयोग गरिएको हो। महाविद्यालयका उप–प्राचार्य नरेन्द्र ऐरले आगामी दिनमा पनि सुप समावेशी विद्यालयसँग निरन्तर समन्वय र सहकार्य जारी रहने बताए।

oplus_0

प्रधानाध्यापक साउँदले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यालय सञ्चालनमा ठुलो राहत पुग्ने उल्लेख गरिन्। सहयोग कार्यक्रममा शिक्षक–विद्यार्थीबीच अन्तरक्रिया समेत गरिएको थियो भने फागुन महिनामा जन्मदिन परेका महाविद्यालयका विद्यार्थीहरूको केक काटेर जन्मदिन पनि मनाइएको थियो।

oplus_0

उक्त सहयोग समैजी किचेन सप, श्री मा निङ्गलाशैनी निर्माण सेवा प्रालि र फिटनेश प्लानेट जिम एण्ड जुम्बासँगको सहकार्यमा गरिएको हो। सुप समावेशी विद्यालयमा हाल ८१ जना अपाङ्गता भएका बालबालिका आवासीय रूपमा अध्ययनरत छन्।