
प्रतिनिधिसभा निर्वाचन हुन अब छ दिन मात्र बाँकी रहँदा चुनावी प्रचारका लागि समय सिमित रहँदा आचारसंहिता उल्लंघनका घटनाहरू बढ्न थालेका छन्। निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारको फोटो वा चिन्ह अंकित टिसर्ट, ज्याकेट, टोपी, मास्क जस्ता सामग्री उत्पादन, बिक्री वा प्रदर्शन गर्न निषेध गरेको छ।

तर धनगढीका केही पसलमा उम्मेदवारका फोटो अंकित टिसर्ट खुला रूपमा बिक्रीमा राखिएको पाइएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति Ravi Lamichhane र वरिष्ठ नेता Balen Shah (बालेन) को तस्वीरसहित टिसर्ट बजारमा उपलब्ध देखिएको छ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आचारसंहिताविपरीत सामग्री बिक्री, वितरण वा प्रयोग नगर्न स्पष्ट चेतावनी दिएका छन्। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले पनि सम्बन्धित पक्षलाई सचेत गर्दै अनुगमन र आवश्यक कारबाहीको संकेत गरे।






























