
इरानको मिनाब सहरस्थित एक विद्यालयमा अमेरिकाअनि इजरायलको संयुक्त आक्रमणमा कम्तीमा १०८ बालबालिका र शिक्षकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। यसैबीच इरानभर भएका हवाई आक्रमणमा कम्तीमा २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएका छन्।

इरानका राष्ट्रपति मोसुद पेजेस्कियानले विद्यालयमाथिको आक्रमणलाई ‘जंगली कार्य’ र ‘इतिहासको कालो पाना’ भनेका छन्। उक्त विद्यालय इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) क्याम्पको करिब ६०० मिटर नजिकै पर्दछ। होर्मोजगान प्रान्तको मिनाबस्थित विद्यालयमा तीनवटा मिसाइल खसेको बताइएको छ।
रेडक्रस र रेड क्रिसेन्टका उद्धार टोली घटनास्थलमा पठाइएको छ। बीबीसीले प्रमाणीकरण गरेका भिडियोलाई अनुसार भवनबाट धुवाँ उडिरहेको र मानिसहरू आक्रोशित भई चिच्याइरहेको देखिन्छ।

घटनापछि सामाजिक सञ्जालमा आक्रोश फैलिएको छ। धेरैले अमेरिकी–इजरायली आक्रमणको विरोध गर्दै इरानी शासनलाई बालबालिकाको सुरक्षा सुनिश्चित नगरेको आरोप लगाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भिक आक्रमणमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र उनका वरिष्ठ कमाण्डरहरू मारिएको दाबी गरेका छन्।
यो आक्रमणले मिनाब र आसपासका क्षेत्रमा त्रासदी र मानव अधिकार संकट उत्पन्न गरेको छ, बालबालिकासहित नागरिकहरूको ठूलो जनधन क्षति भएको घटनाले अन्तर्राष्ट्रिय ध्यानाकर्षण पाएको छ।
































