यूएईमा अफवाहबारे दूतावासको कडा चेतावनी, नेपालीलाई जिम्मेवार बन्न आग्रह

Image
Nisarga Hospital

संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले विकसित परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमा अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ। दूतावासले ‘एड्भाइजरी–२’ जारी गर्दै अज्ञात स्रोतबाट आएका सूचना, हल्ला वा आधिकारिक पुष्टि नभएका समाचार प्रकाशन तथा प्रसारण नगर्न सचेत गराएको हो।

CP Hospital Dhangadhi

दूतावासका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल तथा अन्य प्राविधिक माध्यममार्फत अपुष्ट सामग्री सेयर गर्दा सुरक्षा अवस्थाबारे अन्योल र भ्रम सिर्जना हुन सक्ने जोखिम बढेको छ। त्यसैले परिस्थितिसम्बन्धी फोटो तथा भिडियो खिचेर पोस्ट गर्दा समेत जिम्मेवार र संयमित बन्न आग्रह गरिएको छ।

यूएईका सम्बन्धित निकायले यस्ता गतिविधि कानुनअनुसार दण्डनीय हुने चेतावनी दिइसकेको उल्लेख गर्दै दूतावासले स्थानीय कानुनको पूर्ण पालना गर्न र अफवाह फैलाउने कार्यबाट टाढा रहन सबैलाई अनुरोध गरेको छ। साथै, आधिकारिक जानकारीका लागि यूएई सरकारका आधिकारिक वेबसाइट तथा सूचनामार्फत अपडेट लिन आग्रह गरिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur