कञ्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको ज्यान गयो !

Image
Nisarga Hospital

कञ्चनपुरमा निर्वाचन प्रहरी र एक युवक गरी दुई जनाको मृत्यु भएको छ। पुनर्बास नगरपालिका–९ स्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका ३५ वर्षीय निर्वाचन प्रहरी मानसिंह रानाले सोमबार राति खाना पकाउने क्रममा बेहोस भएपछि धनगढीस्थित निशर्ग अस्पतालमा उपचारका क्रममा ज्यान गुमाए।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमबहादुर शाहीका अनुसार राना उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए।

Attariya Hospital

उस्तै बेदकोट नगरपालिका–७ बाट सुडातर्फ आउँदै मोटरसाइकल अनियन्त्रित हुँदा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय निरज चौधरीको मृत्यु भएको छ।

nawajiwan

दुर्घटनामा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका चौधरी धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा ज्यान गुमाए। सोही मोटरसाइकलमा सवार भगतपुरका २२ वर्षीय सागर चौधरी र १९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन् र उपचाराधिन छन्। प्रहरीले दुबै घटनामा सावधानी नअपनाएकोले जीवन जोखिममा परेको उल्लेख गरेको छ।

Advertize US