पश्चिम एसियामा नेपाली सुरक्षित, परराष्ट्र मन्त्रालयद्वारा इमर्जेन्सी रेस्पोन्स टिम गठन

Image
Nisarga Hospital

पश्चिम एसियामा रहेका नेपालीहरू हालसम्म सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। साउदी अरेबिया, यूएई, कतार, कुवेत, ओमान, बहराइन लगायतका मुलुकमा रहेका नेपालीहरू अहिले संकटमुक्त अवस्थामा छन्। परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै नेपाली नियोग तथा दूतावासहरूले पठाएको प्रतिवेदनका आधारमा सुरक्षा सुनिश्चित गरिएको जनाएको छ।

CP Hospital Dhangadhi

मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख सहसचिव रामकाजी खड्काले ती क्षेत्र नेपालका लागि कूटनीतिक र श्रम आप्रवासन दृष्टिले महत्वपूर्ण रहेको बताए।

Attariya Hospital

सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न परराष्ट्र सचिवको संयोजकत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरिएको छ। उक्त टिममा गृह, अर्थ, कानुन, संस्कृति, शिक्षा, श्रम, नागरिक उड्डयन लगायतका मन्त्रालय र निकायका प्रतिनिधि रहनेछन्।

nawajiwan

नेपाली राजदूतावासहरूले नियमित ‘सिचुएसन रिपोर्ट’ पठाउँदै समन्वय गरिरहेका छन्। इजरायल, कतार, साउदी, यूएई र कुवेतमा नेपालीहरू सुरक्षित रहेको रिपोर्ट प्राप्त भएको छ। केही ट्रान्जिट यात्रुहरूलाई होटलमा राखी सुरक्षाको व्यवस्था गरिएको छ।