
कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच झडप भएको छ। प्रहरी घटनास्थलमा पुगेको बेला स्थिति नियन्त्रणमा लिन हवाइ फायरिङ गर्नुपर्यो।

झडपका क्रममा राना समुदायका केही व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र चन्दको गाडीमा ढुंगानुढा गरेका थिए। प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको जनाएको छ।

यस क्रममा असई डबल साउद र इन्सपेक्टर बलराम पाण्डे घाइते भएका छन् र हाल अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धान अनुसार झडपमा संलग्नहरू होली खेलिरहेको अवस्थामा मदिरा सेवन गरिरहेका थिए।

प्रहरीले घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको छ र सामाजिक तनाव कम गर्न स्थानीयलाई सचेत रहन निर्देशन दिएको छ।





























