बिहीबारको व्रत: विष्णु र बृहस्पतिको कृपाले धन–विद्या प्राप्ति हुने धार्मिक विश्वास

Image
Nisarga Hospital

हिन्दू धर्मअनुसार बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको विशेष पूजा गरिन्छ। आजको दिन श्रद्धापूर्वक व्रत बस्दा धन, सन्तान र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यस अवसरमा माता लक्ष्मीको पनि आराधना गरिन्छ। परम्पराअनुसार यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गरिन्छ, र सो दिन अनुराधा नक्षत्र परेमा अझ शुभ मानिन्छ।

CP Hospital Dhangadhi

व्रतका दिन बिहान स्नान गरी पहेँलो वस्त्र धारण गर्ने चलन छ। पहेँलो फूल र चन्दन मिलाएर तयार गरिएको प्रसाद भगवानलाई अर्पण गरी विधिपूर्वक पूजा गरिन्छ। श्रद्धा र नियमपूर्वक पूजा गरेमा भगवान विष्णु प्रसन्न भई घरमा सुख, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास गरिन्छ।

Attariya Hospital

यो व्रत १३ महिना वा कम्तीमा सात महिनासम्म पालन गर्नुपर्ने मान्यता छ। व्रतका दिन शुद्ध भई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जप गर्नुपर्ने धार्मिक परम्परा रहेको छ।

nawajiwan