कैलालीको गोदावरी–१० मा वडाध्यक्ष गुड्डु लाई टाउकोमा ढुङ्गा प्रहार

Image
Nisarga Hospital

कैलाली क्षेत्र नं. ४ अन्तर्गत गोदावरी नगरपालिका–१० स्थित शंकर आधारभूत विद्यालय नजिकै मतदान केन्द्र बाहिर विवाद हुँदा वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) माथि कु!टपिट भएको छ। विवाद चर्किने क्रममा उनको टाउकोमा ढुङ्गा प्रहार भएको बताइएको छ।

CP Hospital Dhangadhi

घटनापछि घाइते शाहीलाई उपचारका लागि अत्तरिया स्थित पद्मा अस्पतालमा लगिएको छ, जहाँ उनको उपचार भइरहेको छ। स्थानीयका अनुसार एमाले निकट केही नेता तथा कार्यकर्ताले ढुङ्गा प्रहार गरेको आरोप लगाइएको छ। घटनापछि मतदान केन्द्र आसपासको क्षेत्र केही समय तनावग्रस्त बनेको थियो।

उनको टाउकोमा चोट लागेको छ । उनलाई एमाले कार्यकर्ताले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।

nawajiwan
Attariya Hospital

घाईते वडा अध्यक्ष शाही कांग्रेसबाट निर्वाचित हुन् । सोही वडामा एमालेबाट वडाध्यक्षमा पराजित राम भण्डारीको समूहले ढुंगा प्रहार गरेको

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम जारी रहेको बताएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। निर्वाचनको समयमा भएको यस घटनाले स्थानीय क्षेत्रमा चासो र चिन्ता बढाएको छ।