सुदूरपश्चिममा ५०.९ प्रतिशत मत खस्यो, सबैभन्दा बढी कञ्चनपुरमा

Image
Nisarga Hospital

धनगढी : सुदूरपश्चिम प्रदेशमा रहेका आधा मतदाताले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिएका छैनन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभरी जम्मा ५०.९ प्रतिशत मत खसेको छ । जम्मा १७ लाख १६ हजार ६६० मतदातामध्ये आठ लाख ७४ हजार १७७ मतदाताले मतदानमा भाग लिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

CP Hospital Dhangadhi

सो कार्यालयका अनुसार आठ लाख ४२ हजार ४८३ (४९.०७ प्रतिशत) मतदाताले भोट हालेनन् । कैलालीमा तीन लाख पाँच हजार १२२ (५५.४ प्रतिशत), कञ्चनपुरमा एक लाख ८४ हजार ३१६ (५८.६ प्रतिशत), अछाममा ६४ हजार ७८० (३९.२ प्रतिशत) मत खसेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए । यसैगरी, डोटीमा ५२ हजार ४८५ (४०.९ प्रतिशत), बाजुरामा ४६ हजार २३२ (५२.६ प्रतिशत), बझाङमा ५२ हजार २१७ (४१.१ प्रतिशत), बैतडीमा ७३ हजार १४८ (४६.८ प्रतिशत) मत खसेको छ ।

यसैगरी, एक पुरै गाउँले निर्वाचन बहिस्कार गरेको दार्चुलामा ४९ हजार ९६८ (५३.८ प्रतिशत) र डडेल्धुरामा ४५ हजार ९०९ (४९.२ प्रतिशत) मत खसेको छ ।