कैलालीमा ५५ .४ प्रतिशत मत खस्यो

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र र मतदाता रहेको कैलालीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५५ .४ प्रतिशत मत खसेको छ।

CP Hospital Dhangadhi

प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लाका कुल ५ लाख ५१ हजार ५२ मतदातामध्ये ३ लाख ५ हजार १२२ जनाले मतदान गरेका हुन्। निर्वाचन क्षेत्र नम्बर १ मा ५९ हजार ६१ (५४.४ प्रतिशत) र क्षेत्र नम्बर २ मा ५६ हजार ७७० (५२.७ प्रतिशत) मत खसेको छ। यसै गरी निर्वाचन क्षेत्र नम्बर ३ मा ६० हजार २९४ (५५.३ प्रतिशत) र क्षेत्र नम्बर ४ मा ६३ हजार ३४ (५४.७ प्रतिशत) मत खसेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए । क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी ६५ हजार ९६३ (५९.७ प्रतिशत) मत खसेको छ।

बिहीबार भएको निर्वाचनमा १ लाख ६२ हजार ५१ महिला र १ लाख ४३ हजार ६७ पुरुष तथा चार जना अन्य मतदाताले मतदानमा भाग लिएका थिए। यस जिल्लामा २ लाख ४५ हजार ९३० (४४.६२ प्रतिशत) मतदाता मतदानमा सहभागी नभएको जनाइएको छ।

nawajiwan
Attariya Hospital

जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। सबै निर्वाचन क्षेत्रमा सहज तरिकाले निर्वाचन सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए। जिल्लामा २३७ मतदान स्थल र ६४१ मतदान केन्द्र तोकिएको थियो।

मतदान सकिएपछि सबै मतदान केन्द्रबाट आज राति १० बजेसम्म मतपेटिका सङ्कलन गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनका अनुसार सम्भवतः शुक्रबार बिहानदेखि मतगणना सुरु हुनेछ।