डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी

Image
Nisarga Hospital

डोटी निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस का उम्मेदवार भरतबहादुर खड्का १४,८१७ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी, नेकपा एमाले का दिपक धामी १४,११० मतसहित दोस्रो स्थानमा रहेका छन्।

CP Hospital Dhangadhi

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र खड्का १३,२६० मतसहित तेस्रो स्थानमा रहे। यस मत परिणामले डोटीमा नेपाली कांग्रेसको राजनीतिक प्रभाव बलियो रहेको देखाएको छ।

Attariya Hospital

खड्काको यस विजयीले स्थानीय मतदाताको विश्वास र समर्थनको स्पष्ट संकेत दिएको छ। मत गणना पूरा भएसँगै उनी आधिकारिक रूपमा प्रतिनिधि सभा सदस्यको प्रमाणपत्र ग्रहण गर्ने तयारीमा छन्।

nawajiwan