कैलाली–४ मा रास्वपाको ऐतिहासिक जित : खेमराज कोइराला १७ हजार बढी मतान्तरले विजयी

Image
Nisarga Hospital

कैलाली निर्वाचन क्षेत्र नम्बर–४ को मतगणना सम्पन्न भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइराला फराकिलो मतान्तरसहित विजयी भएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

अन्तिम मतपरिणाम अनुसार कोइरालाले २८ हजार ५५६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोरख बहादुर विष्ट ‘आनन्द’ लाई १७ हजार २५५ मतान्तरले पछि पार्दै शानदार जित हासिल गरेका हुन्। विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट ले ९ हजार ४४४ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरी ‘उत्सव’ ले ५ हजार ६०९ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजबार ले १ हजार ३५८ मत ल्याएका छन्।

अन्य उम्मेदवारमध्ये नागरिक उन्मुक्ति पार्टीका धन बहादुर सुनार ले ६७५, श्रम संस्कृति पार्टीका भिमबहादुर थापा मगर ले ३७९, स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्ट ले २४१, नेकपा (माओवादी) का भक्त बहादुर शाही ले १७२, उज्यालो नेपाल पार्टीका सुभाष कुँवर ले १५७, नेपाल मानवतावादी पार्टीका यज्ञ बहादुर टमोटा ले १४१, राष्ट्रिय जनमोर्चाका हेमराज भट्ट ले १२१ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारहरूको मत संख्या सयभन्दा कम रहेको छ।

यस निर्वाचन क्षेत्रमा १ लाख १५ हजार १४३ मतदाता रहेकोमा ६३ हजार ३४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। जसमा ३१ हजार २५६ महिला३१ हजार ७७८ पुरुष मतदाताले मतदान गरेका थिए। यो कुल मतदाताको ५४.७४ प्रतिशत सहभागिता हो।