कञ्चनपुरमा रास्वपाको ‘क्लिन स्वीप’, ह्याबीवेईट नेता पन्छिए

Image
Nisarga Hospital

फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

कञ्चनपुर–१ मा जनकसिंह धामी २४,३३२ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका बिना मगर ११,११०, कांग्रेसका गोपीप्रसाद उपाध्याय ८,४६७ र एमालेकी तारा लामा तामाङ ८,०८८ मतमा रोकिए। कुल ६१,०७४ मत खसेको थियो।

कञ्चनपुर–२ मा दीपकराज बोहरा ३३,९५२ मतसहित भारी मतान्तरले विजयी भए। कांग्रेसका नारायणप्रकाश साउद १०,८२७, एमालेका बचनबहादुर सिंह ६,४१८ र नेकपा कम्युनिस्टका माधव पन्त ६,३३७ मतमा रहे। कुल ६५,३४७ मत खसेको थियो।

कञ्चनपुर–३ मा ज्ञानेन्द्रसिंह महता २७,११८ मतसहित विजयी भए। कांग्रेसका हरिप्रसाद बोहरा ९,४४३ र एमालेका दीपकप्रकाश भट्ट ७,५७५ मतमा रोकिए। कुल ५८,३६१ मत खसेको थियो।

जिल्लाका तीनै क्षेत्रका विजेताहरू पहिलोपटक सांसद बनेका हुन्।