नेपाली कांग्रेस बैतडीद्वारा दुई नेतालाई ५ वर्षका लागि पार्टीबाट निष्कासित (विज्ञप्तिसहित)

Image
Nisarga Hospital

बैतडी । नेपाली कांग्रेस बैतडीले पार्टीको आचरण र अनुशासन विपरीत कार्य गरेको भन्दै दुई जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि निष्कासित गरेको छ।

CP Hospital Dhangadhi

पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध लागेको प्रमाण भेटिएपछि महासमिति सदस्य उत्तर बहादुर ऐर र जिल्ला कार्य समिति सदस्य बिरेन्द्र बहादुर ऐरलाई कारबाही गरिएको हो।

अन्तर्घातको आरोप र प्रमाण जिल्ला अनुशासन समितिका संयोजक देव राज जोशीद्वारा जारी विज्ञप्ति अनुसार, यी दुवै नेताहरूले नेपाली कांग्रेसका उम्मेदवार चतुर बहादुर चन्द विरुद्ध गतिविधि गरेको र विपक्षी दलका उम्मेदवारलाई भोट मागेको पुष्टि भएको छ।
विज्ञप्तिमा भनिएको छ, “पार्टीको आचरण, अनुशासन र विधान विपरीत अन्य दलको उम्मेदवारलाई भोट मागी रहेको स-प्रमाण पुष्टि हुन आएकोले निज दुवै जनालाई ५ वर्षका लागि निष्कासित गरिएको छ।” अनुशासन समितिले कारबाहीको मुख्य आधारका रूपमा उनीहरूको अडियो रेकर्डलाई प्रमाण स्वरूप पेश गरेको छ।

nawajiwan
Attariya Hospital

विधान अनुसारको कारबाही कांग्रेसले आफ्नो विधान २०१७ (संशोधन सहित) को परिच्छेद ९ को ४ (ख) बमोजिम यो कदम चालेको जनाएको छ। कारबाहीको बोधार्थ नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति, सानेपा र सुदूरपश्चिम प्रदेश कार्य समितिलाई समेत पठाइएको छ।

चुनावको मुखमा आफ्नै नेताहरूबाट अन्तर्घात भएको भन्दै कांग्रेस बैतडीले अनुशासनको सवालमा कठोर बन्ने संकेत देखाएको छ।