बेरुतमा इजरायली आक्रमणपछि तनाव चुलियो, लेबनान–इजरायल युद्ध थप फैलिने संकेत

Image
Nisarga Hospital

मध्यपूर्वमा इजरायल र हिजबुल्लाहबीचको तनाव झन् चुलिँदै गएको छ। आइतबार इजरायलले लेबनानको राजधानी बेरुतको मध्यभागस्थित एक होटलमा हवाई आक्रमण गरेको छ, जुन शहरको केन्द्रमा गरिएको पहिलो आक्रमण मानिएको छ। आक्रमणपछि क्षेत्रमा त्रास फैलिएको छ।

CP Hospital Dhangadhi

लेबनानी अधिकारीहरूका अनुसार पछिल्लो एक सातामा इजरायली आक्रमणमा ८३ बालबालिका र ४२ महिलासहित कम्तीमा ३९४ जनाको मृत्यु भएको छ। सोही दिन बेरुतमा भएको अर्को हवाई आक्रमणमा चार जनाको ज्यान गएको तथा १० जना घाइते भएका छन्।

यसअघि अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएपछि इरान समर्थित लडाकू समूह हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेको थियो। त्यसपछि लेबनान पनि युद्धको चपेटामा परेको छ।

nawajiwan
Attariya Hospital

हिजबुल्लाहले उत्तरी इजरायलका हाइफा नौसैनिक शिविर र नहरिया शहरतर्फ ड्रोन आक्रमण गरेको जनाएको छ। उता इजरायलले दक्षिणी लेबनानमा स्थल सेना पठाउँदै सैन्य कारबाही तीव्र बनाएको छ। लडाइँका क्रममा इजरायलका दुई सैनिक मारिएको पुष्टि गरिएको छ।

इजरायलले लितानी नदी दक्षिणका बासिन्दालाई क्षेत्र खाली गर्न आग्रह गर्दै थप सैन्य कारबाहीको संकेत दिएको छ।