डडेल्धुरामा भरुवा बन्दुक पड्किँदा किशोरको ज्यान गयो !

Image
Nisarga Hospital

डडेल्धुराको परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक पड्किँदा १७ वर्षीय सुबास महरा गम्भीर घाइते भएका थिए।

CP Hospital Dhangadhi

बैतडी शिवनाथ गाउँपालिका–४ घर भएका महरा आफ्नी दिदीको घरमा बस्दै आएका थिए। घटनापछि उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका छन्।

Attariya Hospital

प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक बरामद गर्दै परशुराम–२ का गणेशबहादुर बोहरा र अर्का १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटना बारे थप अनुसन्धान जारी राखेको छ। प्रारम्भिक विवरण अनुसार किशोर बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किएको बताइएको छ।

nawajiwan

यो घटनाले स्थानीय समुदायमा सुरक्षा र अवैध हतियार नियन्त्रणबारे चासो बढाएको छ। प्रहरीले नागरिकलाई सावधानी अपनाउन र अवैध हतियारबाट टाढा रहन सुझाएको छ।