‘स्नेही’ विरुद्ध गतिविधिमा कारबाही: बझाङका सांसद ऐन महरका बुवालाई कांग्रेस पार्टीबाट निष्कासन

Image
Nisarga Hospital

नेपाली काँग्रेसले बझाङका नेता रामबहादुर महरलाई पार्टीबाट निष्कासन गरेको छ। पूर्व किसान संघका जिल्ला अध्यक्ष समेत रहेका महरले पार्टीका उम्मेदवार प्रकाश रसाइली ‘स्नेही’ विरुद्ध गतिविधि गरेको पुष्टि भएपछि उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।

CP Hospital Dhangadhi

जिल्ला कार्यसमितिका अनुसार, ‘नेपाली काँग्रेसको विधान २०१७ (संशोधनसहित)’ को परिच्छेद ९, दफा ४ (ख) अनुसार यो निर्णय लिइएको हो। महरको पार्टी विरोधी गतिविधि र अनुशासन उल्लंघनलाई औचित्य बनाएर पार्टीले कडा कदम उठाएको जनाएको छ।

Attariya Hospital

त्यसैगरी, काँग्रेसले जिल्ला कमिटी सदस्य अक्कल कुँवर, भक्तबहादुर सिंह, बित्थडचिर गाउँपालिकाका अध्यक्ष अम्मर महर तथा तरुण दलका सदस्य रविकुमार सिंहसँग पनि स्पष्टीकरण माग्ने निर्णय गरेको छ। समितिका संयोजक चर्कबहादुर रोकायाले उनीहरूबाट सन्तोषजनक जवाफ नआएमा पार्टी विधान अनुसार थप कारबाही अघि बढाइने बताए।

nawajiwan

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयलाई पठाइएको पत्रमार्फत स्पष्टीकरण मागिएको र जवाफ नआएपछि पार्टीले अनुशासनात्मक कदम चाल्ने तयारीमा रहेको छ। यस कदमले पार्टीभित्र अनुशासन कायम गर्ने र आन्तरिक विवाद नियन्त्रण गर्ने संकेत गरेको विश्लेषकहरूले बताएका छन्।