विराज भट्टको ‘राम नाम सत्य’ टिजर सार्वजनिक: एक्सनले भरिएको फिल्म चैत २७ बाट प्रदर्शनमा

Image
Nisarga Hospital

नेपाली चलचित्र क्षेत्रमा बहुप्रतीक्षित फिल्म **‘राम नाम सत्य’**को टिजर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक गरिएको टिजरमा मुख्य रूपमा दमदार एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ, जसले दर्शकमाझ फिल्मप्रति उत्सुकता बढाएको छ।

CP Hospital Dhangadhi

टिजरमा अभिनेता विराज भट्टलाई सशक्त एक्सन अवतारमा देखाइएको छ। उनीसँगै सुनील थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी र आयुषसिंह ठकुरीलगायत कलाकारहरूको झलक पनि टिजरमा समेटिएको छ।

विशेषगरी यो फिल्म अभिनेता सुनील थापाको छायांकनका हिसाबले अन्तिम फिल्मका रूपमा समेत रहेको बताइएको छ, जसले फिल्मलाई थप भावनात्मक महत्व दिएको छ।

nawajiwan

Attariya Hospital

निर्देशक माइकल चन्दको निर्देशनमा बनेको यस फिल्मका निर्माता उपेन्द्र शाही र श्वेता विमली हुन्। माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माताको भूमिकामा छन् भने मोती कार्की क्रियटिभ निर्माता र राजेन्द्र आचार्य लाइन प्रोड्युसर रहेका छन्।

फिल्मको कथा तथा पटकथा स्वयं निर्देशक माइकल चन्दले तयार पारेका हुन्। प्राविधिक पक्षमा मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन निर्देशक, बन्दे प्रसाद सम्पादक र काला चरण बीजीएममा रहेका छन्। टिजर साहिल खानले तयार पारेका हुन्।

एक्सनप्रधान कथा प्रस्तुत गर्ने तयारीमा रहेको फिल्म ‘राम नाम सत्य’ नेपाली नयाँ वर्षको अवसर पारेर चैत २७ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।