सुदूरपश्चिम प्रदेशमा १ सय ४४ उम्मेदवारको धरौटी जफत, चुनाव परिणामले देखायो मतको वास्तविकता

Image
Nisarga Hospital

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा १ सय ४४ उम्मेदवारको धरौटी जफत भएको छ। निर्वाचन आयोगको नियम अनुसार कुल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। परिणामअनुसार अधिकांश जिल्लामा साना दल र स्वतन्त्र उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसकेका छन्।

CP Hospital Dhangadhi

जिल्लागत तथ्यांक हेर्दा, कैलालीमा ३ लाख ५ हजार मत खसेकामा ५५ उम्मेदवार, कञ्चनपुरमा १ लाख ८४ हजार मतमा ४० उम्मेदवार, अछाममा ६४ हजार मतमा ९ उम्मेदवार, डोटीमा ५२ हजार मतमा ५ उम्मेदवार, बाजुरामा ४६ हजार मतमा ५ उम्मेदवार, बैतडीमा ७३ हजार मतमा ७ उम्मेदवार, दार्चुलामा ४९ हजार मतमा ७ उम्मेदवार, डडेल्धुरामा ४५ हजार मतमा १० उम्मेदवार र बझाङमा ५२ हजार मतमा ३ उम्मेदवारको धरौटी जफत भएको छ।

उदाहरणका लागि, बाजुरामा प्रकाशबहादुर शाह (नेकपा) ३३१ मत, केशरबहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) ३५२ मत, भूपेन्द्र ल्वार (माओवादी) २३३ मत ल्याउँदा धरौटी जफत भएको छ। अछाम–१ मा ओमप्रकाश रावल १,७३९ मत ल्याए पनि धरौटी जफत भएको छ। डडेल्धुरामा चक्रप्रसाद स्नेही २,९२६ मत ल्याए पनि जफतमा परेका उम्मेदवार सूचीमा छन्।

सुदूरपश्चिममा ठूला दल बाहेक अधिकांश साना दल तथा स्वतन्त्र उम्मेदवारले अपेक्षित मत प्राप्त गर्न नसकेकाले ठूलो संख्यामा धरौटी जफत भएको निर्वाचन परिणामले देखाएको छ।