बाजुरामा एसइई तयारी तीव्र, यस वर्ष २,४२६ विद्यार्थी परीक्षामा सहभागी हुने

Image
Nisarga Hospital

Bajura District मा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा दुई हजार ४२६ विद्यार्थी सहभागी हुने भएका छन्। विद्यालय सञ्चालन भएका दिनमध्ये कम्तीमा ७५ प्रतिशत हाजिरी पुगेका नियमित विद्यार्थी मात्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेको Education Development and Coordination Unit Bajura ले जनाएको छ।

CP Hospital Dhangadhi

सूचना अधिकारी लालबहादुर विष्टका अनुसार एसइई परीक्षा चैत १७ गतेदेखि सुरु भई चैत २९ गतेसम्म सञ्चालन हुनेछ। National Examination Board Nepal ले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। जिल्लामा परीक्षाका लागि १७ वटा परीक्षा केन्द्र तोकिएका छन् भने केही दिनभित्र केन्द्राध्यक्ष चयन गरी परीक्षालाई स्वच्छ र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ।

Attariya Hospital

जिल्लाका केही विद्यालयमा प्राविधिक शिक्षा पनि सञ्चालन हुँदै आएको छ। भानोदय माध्यमिक विद्यालयमा पशु विज्ञान तथा दशरथ र कीर्तिचौर माध्यमिक विद्यालयमा बाली विज्ञान विषय पढाइ भइरहेको छ।

nawajiwan

गत वर्षको नतिजा हेर्दा बाजुरामा एसइईमा सुधार देखिएको छ। २०८१ मा २,२१६ विद्यार्थी सहभागी भएकामध्ये १,१९९ जना उत्तीर्ण भएका थिए भने उत्तीर्ण प्रतिशत ५१.७२ पुगेको थियो, जुन २०८० को तुलनामा सुधारिएको नतिजा हो।