
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै हाल यस्तो सम्झौता स्वीकार्य नभएको बताएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म टु«थमा लेख्दै अमेरिकी सेनाले इरानविरुद्ध गरेको कारबाहीलाई ‘फेक न्युज मिडिया’ले ठीकसँग देखाएको छैन भन्दै आलोचना गरेका छन्।

ट्रम्पका अनुसार इरान पूर्ण रूपमा पराजित भइसकेको छ र अमेरिकासँग सम्झौता गर्न चाहन्छ, तर वर्तमान परिस्थितिमा आफू त्यस्तो सम्झौता स्वीकार्न तयार छैन। उनका दाबीअनुसार अमेरिकी हमलाले इरानका धेरै सैन्य संरचनामा ठूलो क्षति पुर्याएको छ। यो टिप्पणी अमेरिका र इरानबीचको तनावपूर्ण सम्बन्धको बीचमा आएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अमेरिका–इरानको पछिल्लो घटनाक्रममा फरक–फरक विवरण सार्वजनिक गरिरहेका छन्, जसले तनाव अझै बढाएको छ।






























