मुख्यमन्त्रीमाथि घुस आरोप लगाउने वन अधिकृत भट्ट पक्राउ

Image
Oplus_16908288
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाट नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले भट्ट पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले दिएको विद्युतीय अपराधसम्बन्धी जाहेरीका आधारमा भट्टलाई पक्राउ गरिएको हो।

भट्टले केही दिनअघि मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप सार्वजनिक रूपमा लगाएका थिए। उक्त आरोपपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उनीसँग स्पष्टीकरण मागेको थियो। सोही स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

nawajiwan
Attariya Hospital

हाल भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो घटनाले प्रदेश राजनीतिमा नयाँ बहस सुरु गराएको छ। एकातिर मुख्यमन्त्रीमाथि लगाइएको आरोप र अर्कोतर्फ आरोप लगाउने अधिकारी नै पक्राउ परेपछि सत्यतथ्य के हो भन्ने विषयमा व्यापक चासो देखिएको छ। अनुसन्धानबाट वास्तविकता बाहिर आउने अपेक्षा गरिएको छ।