ज्योतिषीका अनुसार आजका लागि कस्तो छ त तपाईंको भाग्य, ग्रह गोचर, शुभ अशुभ ? पढ्नुहोस् चैत्र ३ गते मंगलबारको दैनिक राशिफल

Image
Nisarga Hospital

आज – ०३ चैत्र २०८२ मंगलवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा मेहनतले राम्रो उपलब्धि दिलाउनेछ। आर्थिक क्षेत्रमा सावधानी अपनाउनुहोस्। नौकरी वा पेशामा नयाँ योजना बनाउने समय रहेको छ। सवारी साधन चलाउँदा र बाटो काट्दा हतार नगर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। समस्या दर्शाउँदा साथीभाइहरूको सहयोग मिल्नेछ। कामको दौडभागले स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा लाभ रहनेछ भने प्रेम सम्बन्धमा सकारात्मक परिणाम मिल्नेछ। नोकरी वा पेसामा अधिकारी वर्गहरु सहयोगी सिद्ध हुनेछन्। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक क्षेत्रमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा पहिलाका सहयोगिहरू प्रतिस्पर्धी रूपमा देखिनेछन्। महत्त्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक कार्यमा सफलता मिल्नेछ। परिवारसँग खुसीको समय बित्नेछ। खर्चमा नियन्त्रण राख्नुहोस्। सकारात्मक व्यवहारले समाजमा नाम स्थापित गराउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) साझेदारी व्यापारमा सफलता मिल्नेछ। सृजनात्मक काममा प्रगति हुनेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। नोकरी वा पेशामा प्रतिद्वन्दीहरू बढ्नेछन्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ६ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा सुधार आउनेछ। परिवारसँग राम्रो समय बिताउने अवसर मिल्नेछ। आकस्मिक खर्च बढ्न सक्ने भएकाले बचतमा ध्यान दिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक जिम्मेवारी बढ्नेछ। जग्गा जमीन र सम्पत्ति सम्बन्धी कुरा अघि बढ्न सक्छ। भावनात्मक निर्णय गर्दा शुभचिन्तकहरूको सहयोग लिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा साहसिक निर्णय र नयाँ योजना सुरु गर्ने समय रहेको छ। आर्थिक अवस्थामा बिस्तारै सुधार हुनेछ। दिन उत्साहपूर्ण वा यात्रा रमाइलो रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) करियरमा परिवर्तन वा नँया अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस्। व्यापार व्यवसायमा लाभ रहनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कारको प्रशंसा प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ। धैर्य र आत्मविश्वासको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उद्योग व्यापारमा फाइदा हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। लगनशीलताले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ७ रहेको छ ।

हाम्राे पात्रो बाट