लाइभ भिडियो विवादपछि सामाजिक अभियन्ता कुँवरद्वारा सार्वजनिक माफी

Image
Nisarga Hospital

अत्तरिया: गौरीगंगा नगरपालिका–६ की सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिप्रति अन्ततः माफी मागेकी छन्। आइतबार वडाध्यक्ष टेक बहादुर कुँवरबारे फेसबुक लाइभमार्फत सार्वजनिक रूपमा आरोप लगाएकी उनले सो क्रममा सुझबुझको कमी भएको स्वीकार गरेकी हुन्।

CP Hospital Dhangadhi

उनले वडाध्यक्षले आफूमाथि अपशब्द प्रयोग गरेको तथा संस्था दर्ताका लागि सिफारिस नदिएको आरोप लगाउँदै भावुक हुँदै लाइभ भिडियो सार्वजनिक गरेकी थिइन्, जुन भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल बनेको थियो।

Attariya Hospital

घटनापछि सोमबार स्थानीय सयौँ बासिन्दा वडा कार्यालयमा भेला भई अभियन्ता कुँवरले वडाको प्रतिष्ठामा असर पुर्‍याएको भन्दै माफी माग्नुपर्ने माग गरेका थिए। त्यसपछि उनले वडाध्यक्ष कुँवरसँग, जो आफन्त नातासमेत पर्ने व्यक्ति हुन्, लिखित रूपमा माफी माग्दै विषयलाई साम्य पार्ने प्रयास गरेकी छन्।

nawajiwan