चलचित्र पत्रकार सघं कैलालीको अध्यक्षमा नागरी

Image
Nisarga Hospital

चलचित्र पत्रकारिताको क्षेत्रमा सक्रिय संस्था चलचित्र पत्रकार संघ नेपाल अन्तर्गत कैलाली शाखाको नयाँ नेतृत्व चयन भएको छ। जिल्लाको दोस्रो अधिवेशनबाट विवेक नागरी सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्। धनगढीमा सम्पन्न अधिवेशनले नागरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यदिशा तय गरेको हो। समितिको उपाध्यक्षमा रमा चन्द, सचिवमा लोकुसिंह ठकुरी, सह–सचिवमा यज्ञराज अवस्थी र कोषाध्यक्षमा यमुना साउद सर्वसम्मत चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा साबित्रा जोशी, रक्षा बागचन, कमल साउद, वीरेन्द्र सिहं, राज चौधरी र महेन्द्र बहादुर चौधरी चयन भएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

अधिवेशन चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै उनले चलचित्र पत्रकारिताको भूमिका अझ सशक्त बनाउन आवश्यक रहेको बताए। उनले मोफसलमा रहेका पत्रकारहरूले चलचित्र क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे। नवनिर्वाचित अध्यक्ष नागरीले आफ्नो कार्यकालमा सुदूरपश्चिमको चलचित्र क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउने, स्थानीय प्रतिभालाई उजागर गर्ने तथा चलचित्र पत्रकारितालाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले पत्रकारहरूको क्षमता अभिवृद्धि, तालिम तथा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालनमा जोड दिने बताए।

चलचित्र पत्रकार संघ कैलालीले विगतदेखि नै सुदूरपश्चिम प्रदेशको चलचित्र क्षेत्रलाई पत्रकारितामार्फत उजागर गर्दै आएको छ। नयाँ नेतृत्वसँगै संस्थाले चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन र पत्रकारहरूको हकहितमा अझ प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

nawajiwan