कोरियन भाषा परीक्षा: कलरभिजनको कारण ५४ परीक्षार्थी अनुत्तीर्ण

Image
Nisarga Hospital

नेपालस्थित ईपीएस कोरिया शाखाले उत्पादनमुलक तर्फको कोरियन भाषा परीक्षामा कलरभिजनकै कारण ५४ परीक्षार्थी अनुत्तीर्ण भएको सूची सार्वजनिक गरेको छ।

CP Hospital Dhangadhi

गत मंसिर १ देखि माघ २ गतेसम्म सञ्चालन भएको परीक्षामा ६७,२९७ आवेदनमध्ये ५६,२८३ परीक्षार्थी सहभागी भएका थिए। ५४ परीक्षार्थी बाहेक ६,०५१ जनाले कटलाइन पार गरी उत्तीर्ण भएका थिए। यसपटक उत्तीर्ण हुनका लागि ४० मध्ये ३९ भन्दा बढी प्रश्न सही उत्तर दिनुपर्ने थियो, र केवल ९७.५ प्रतिशत अंक ल्याउने मात्र उत्तीर्ण हुन सक्ने व्यवस्था गरिएको थियो।

Attariya Hospital

उत्तीर्ण परीक्षार्थीहरूले दोस्रो चरणमा स्किल टेस्टमा सहभागी हुनेछन्। स्किल टेस्ट सफल भएमा मात्रै बाँकी प्रक्रिया अघि बढ्नेछ। यस प्रणालीले दक्ष जनशक्ति छनोट गर्ने उद्देश्य राखेको छ।

nawajiwan

यो परीक्षाले कोरियन रोजगारीतर्फको अवसर पाउनु अघि कडा मापदण्ड पुरा गर्नुपर्ने चुनौतीलाई स्पष्ट पारेको छ।