सुदूरपश्चिम महोत्सव २०८२: सांस्कृतिक–आर्थिक सफलता, पौने ३ करोड आम्दानी, ८२ लाख बचत

Image
Nisarga Hospital

कैलाली उद्योग वाणिज्य संघले गत मंसिरमा आयोजना गरेको सुदूरपश्चिम महोत्सव २०८२ को आयव्यय विवरण सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्करराज ओझाले महोत्सवबाट कुल ३ करोड ३३ लाख ७६ हजार ३ सय ६७ रुपैयाँ आम्दानी भएको र दुई करोड ६३ लाख १ हजार ७ सय ४० रुपैयाँ खर्च भएको जानकारी दिए।

CP Hospital Dhangadhi

अध्यक्ष ओझाका अनुसार महोत्सवले आर्थिक, सांस्कृतिक तथा सामाजिक रूपमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। महोत्सव अवधिभर दुई हजारभन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारी पाएका थिए भने स्थानीय कलाकारहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाएका थिए।

संघीय सरकार र स्थानीय सरकारलाई कर समेत भुक्तानी गरिएको छ। संघीय आन्तरिक राजस्व कार्यालयमा कर दायित्व करिब २७ लाख ६४ हजार १५७, मूल्य अभिवृद्धि कर १३ लाख १८ हजार ९१२, तथा अग्रिम आयकर १० लाख ६७ हजार ७७९ रुपैयाँ बुझाइएको छ। धनगढी उपमहानगरपालिकामा बहाल तथा मनोरञ्जन कर चार लाख १६ हजार ४८७ रुपैयाँ, महोत्सव अनुमति शुल्क २५ हजार, र रमाइलो मेला तथा बाल उद्यानद्वारा एक लाख ६० हजार रुपैयाँ कर भुक्तानी भएको छ।

nawajiwan
Attariya Hospital

कर कटाएर महोत्सवपछिको कुल आम्दानी ८२ लाख ९२ हजार ४७१ रुपैयाँ रहेको छ। यसमध्ये करिब ४५ लाख रुपैयाँ नयाँ भवन निर्माणमा खर्च भएपछि २४ लाख ७३ हजार ५५९ रुपैयाँ खुद बचत भएको छ।

अध्यक्ष ओझाले महोत्सवलाई केवल व्यापारिक मेला नभई सुदूरपश्चिमको पहिचान, सम्भावना र संस्कृतिको प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गरिएको बताए। ‘सुन्दर सुदूरपश्चिम’ नारालाई अझ विस्तार गर्दै ‘भिजन सुदूरपश्चिम’ अवधारणामार्फत दीर्घकालीन विकासका लागि छलफल र संवाद अघि बढाइएको उनले बताए। आगामी दिनमा महोत्सवलाई अझ व्यवस्थित, प्रभावकारी र दीर्घकालीन विकाससँग जोड्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।